काठमाडौं ।
सवारी दर्ता किताब किर्ते गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालीका ११ बस्ने ३७ वर्षीय मनोज कुमार सुनार बराईली हरेका छन् ।
उपत्यकामा केही ब्यक्तीहरुले लिखित किर्ते गरि सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरि लिखित किर्ते गरेकाे आराेपमा उनलाई काठमाडाैं महानगरपालिका – १६ कोईराला मार्टबाट गरेको गोप्य सुचना आधारकाे पक्राउ गरेकाे हाे ।
बराईलीलाई पक्राउ गरी किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाएको प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।