मुगु।
मुगुमा घरबाट नुहाउन हिँडेकी १२ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्माकी भुमिका रोकायाको भिडबाट लडेर मृत्यु भएको हो
बिहीबार बिहान अन्दाजी १०ः३० बजे कोठाबाट नुहाउनका लागि छायाँनाथ रारा नगरपालिका–२ स्थित चैनाखोला जाँदै गर्दा चैनभिरबाट करिब २० मिटर तल खसेको अवस्थामा उनी भेटिएकी थिइन् । उनी लडेको खबर आउनासाथ उनको उद्धार गरी जिल्ला अस्पताल ठिनीमा उपचारको लागि पुर्याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले बताए ।
मृतक भुमिकाका बाबु हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने आमा नन्दकला रोकाया सदरमुकाम गमगढीस्थित न्युरोडमा बसेर होटल व्यवसायी गर्दै आएकी छिन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।