धनकुटा।
पोल्टी फर्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ।
शनिवार धनकुटा नगरपालिका-१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए।
धनकुटा नगरापालिका-१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दीपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।