१९ भदौं नवलपरासी ।
‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि, के तपाईँलाई थाहा छ ?’ भन्ने नाराका साथ आज नेपाल रेडक्रस दिवस देशभर मनाइएको छ । विसं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयम्सेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन लगायत रेडक्रसका गतिविधिबारे अन्तक्र्रिया, बाढीपहिरो प्रभावितलाई राहत वितरण लगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाइदै छ ।
यस्तै नेपाल रेडक्रस सोसाइटीको सुनवल उपशाखाले ५५ औ स्थापना दिवसको अवसरमा सुनवल उपशाखा माबि स्तरीय हजिरीजवाफ प्रतियोगिता एवम सम्मान कार्यक्रम सुनवल उपशाखाको सभाहलमा चलिरहेको छ ।जुनियर रेडक्रस सर्कल एवम,युवा रेडक्रस सर्कलका संयोजक रुद्र कुमारी काण्डेलको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी काठमाडौको केन्द्रिय उपाध्यक्ष सुर्दशन नेपालको प्रमुख अतित्थयता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति कृष्ण प्रसाद लामिछानेको बिशेष अतित्थ्यता ,सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शार्मा ,राजन कुमार आचार्य,अर्जुन कुमार पोख्रेल,बिभिन्न बिद्यालयका शिक्षक अभिभावक लगायातको अतित्थयता रहेको थियो । हजिरीजवाफ प्रतियोगितामा सुनवल नगरपलिकाभित्रका २० वटा बिद्यालयको सहभगिता रहेको थियो ।जसमा अन्नपुर्ण माबि सुनवल ७ अस्नैया प्रथम,रमवापुर माबि रमवापुर ४ द्धितिय र बिद्या सागर प्रसिद्ध माबि हरकट्टा तृतीय भएका छन ।कार्यक्रममा रेडक्रसका आजीवन सदस्य ३ जना ,बाढीपहिरोमा परेकालाइ सहयोग गर्ने २ वटा बिद्यालय अन्नपुर्ण माबि अस्नैया र धन्यान्चल माबिलाइ र रेडक्रस सोसाइटी सुनवल उपशाखालाइ सहयोग गर्ने ६ जनालाइ सम्मान गरिएको कार्यलय सहायक यमुना गैरेले जानकारी दिनुभएको छछ ।
नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा, एक हजार ५सय ८ उपशाखा, पाँच हजार ४१० जुनियर सर्कल र ८६५ वटा युवा सर्कल छन् । ती सबै निकायमा ९० हजार स्वयम्सेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य आबद्ध नेपाल रेडक्रस सोसाइटीका सञ्चार अधिकृत दिव्यराज पौडेलले जानकारी दिनुभयो ।नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन, आकस्मिक सेवा र सङ्कटासन्नता न्यूनीकरण गतिविधिलगायत अहिले ७२ जिल्लाका १ सय ६ स्थानबाट रक्तसञ्चार सेवा, २ सय १० वटा वाहनमार्फत एम्बुलेन्स सेवा र दुई अस्तालमार्फत आँखा स्याहार गतिविधि सञ्चालन भइरहेको छ ।विसं २०७२ मा गएको भूकम्पपछि रेडक्रसले मार्फत एक हजार ४सय ७५ घर निर्माण गरिसकेको छ ।