काठमाडौँ ।
भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाईले ठगी गरेको घटना बाहिर आएको छ ।
भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैयाँ डाइभर्ट गरेको आरोपमा दुवै पाण्डे दाजुलाई नोक्सान भएको रिपोर्टमा बताइएको छ ।
यो घटना २०२१ भएको बताइएको छ । आरोपी वैभवले हार्दिक दाजुभाईसँग मिलेर पोलिमर बिजनेस कम्पनी खोलेका थिए, यस कम्पनीमा हार्दिक र क्रुणालको ४०-४० प्रतिशत र वैभवको २० प्रतिशत सेयर थियो ।
आरोपका अनुसार वैभवले गैरकानुनी रूपमा आफ्नो नाफाको हिस्सा २० प्रतिशतबाट बढाएर ३३.३ प्रतिशत पुर्याएका थिए, जसले हार्दिक र कृणाल पाण्ड्यालाई थप आर्थिक नोक्सान पुर्यायो ।
कम्पनीको नाफालाई सोही अनुपातमा तीन भागमा बाँड्नुपर्ने थियो । कम्पनीको नाफाको रकम पाण्डेय दाजुलाई दिनुको सट्टा अभियुक्त वैभवले छुट्टै कम्पनी बनाएर नाफा रकम हस्तान्तरण गरेपछि पाण्डे दाजुलाई करिब ४ करोड ३ लाख रुपैयाँ नोक्सान भएको बताइएको छ ।
हाल इन्डियन प्रिमियर लिगमा दुवै क्रिकेटर दाजुभाइ व्यस्त रहेका बेला मुम्बई पुलिसको आर्थिक अपराध शाखाले कारवाही अगाडी बढाउदै वैभव पाण्ड्यालाई पक्राउ गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।