रुकुम पश्चिम।
जिल्लाको चौरजहारी नगरपालिका –३ स्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारेको छ ।
जाजरकोट जिल्लाको शिवालय गाउँपालिका –३ सिमा बस्ने २४ वर्षीय कमल बुढा गत चैत ३० गते उक्त नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ४ जना गोताखोरसहित आश्रित गुल्म जाजरकोटबाट १३ जनाको सुरक्षा फौज खोजिकार्यको लागि खटिएको थियो । गोताखोर टोलीले आइतबार दिउँसो २ बजे डुबेको ठाउँबाट अन्दाजी ५० मिटर तलबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।