२० भदौ , चितवन – बुद्ध एयरले पोखराबाट चितवनको भरतपुर र भैरहवा सीधा उडान गर्ने भएको छ ।
नारायणगढ–मुग्लिन सडकबाट आजित भएका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो ।
पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने छ ।
बुद्धले १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाज पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्ने पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए ।
पोखरा भैरहवाका लागि एकतर्फी नेपालीका लागि ४२ सय ३६ सय ५० र विदेशीका लागि ९७ अमेरीकन डलर शुल्क तिर्नुपर्ने र त्यस्तै पोखरा भरतपुरका लागि नेपालीलाई ३६ सय ५० र विदेशका लागि ९२ अमेरिकी डलर शुल्क तोकेको छ ।