२० भदौ, काठमाडौं – एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार ताजिकिस्तानसँग नेपाल २-१ ले पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो र दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको ६०औं मिनेटमा १ गोल फर्काएको थियो ।
नेपालले एसियन कप छनोटको यसअघिका दुई खेलमा जित निकाल्न सकेको छैन। फिलिपिन्सबिरुद्ध उसकै मैदानमा ४-०को फराकिलो पराजय बेहोरेको नेपालले हलचोक मैदानमा भएको ओमानबिरुद्धको खेल गोलरहित बराबरी खेलेको थियो।