
धादिङ ।
धादिङको जंगलमा आगलागीको घटना अझै रोकिएको छैन । केही जंगलमा मानिसले आफ्नो स्वार्थका लागि डढेलो लगाएको पाइएको छ भने केही स्थानमा आफैँ डढेलो लागेर ठूलो क्षति पुगेको छ ।
बनमा मानिसले लगाएको डढेलोका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेका एक घर र २ गोठ जलेर नष्ट भएसंगै सो परिवार घरबार बिहिन भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ धावेपाखाको बनमा लागेको डढेलोका कारण पुरै जंगल नष्ट भएको छ भने कल्पना ढुंगेलको घर, बाख्रा फर्म, कुखुरा फर्म, गाइको गोठ र भैसी गोठ जलेर नष्ट भएको छ ।
घरमा मानिस नभएको बेला डडेलोबाट आगलागी भएपछि खानेकुरा, कपडा तथा अन्य घरमा रहेको सबै चिज जलेर नष्ट भएपछि परिवार विचल्लीमा परेको पीडितले आफ्नोबारे जानकारी दिएकी हुन् । घटनाबारे प्रहरीले समेत सर्वजमिन मुचुल्का गरेको छ ।
यस वर्ष जिल्लामा २ घर जलेर नष्ट भएको छ भने विभिन्न ५ जनाको गोठ समेत जलेको छ ।
चैत वैशाखमा जिल्लाका अधिकांश बन डढेलोको चपेटामा परेपछि जंगली जनावर, पक्षी समेत जङ्गलसँगै मरेका छन् । यसबारे यकिन तथ्याङ्क डिभिजन बन कार्यालयले समेत सार्वजनिक गर्न सकेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।