
धनकुटा ।
धनकुटामा गएराती माइक्रो बस दुर्घटना भएको छ ।
काठमाण्डौबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माइक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १९ जना घाइते भएका छन् । उनीहरू सबैको उद्धार गरी ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
घाइते मध्ये केहीको उपचार पछि डिस्चार्ज भइसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ ।
अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माइक्रो बस निकाल्ने प्रयास भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।