काठमाडौं ।
साउदी क्लब अल हिलाल एसियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ। गए राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरे पनि समग्रमा ५-४ गोल अन्तरले पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको हो।
सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४-२ ले पराजित भएको थियो । यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरियन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।