काठमाडौँ।
चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित मैतिदेवीका ३७ वर्षीय जोन खड्गी र ३४ वर्षीय सञ्जय खड्गी छन् ।
प्रहरीका अनुसार यही वैशाख १६ गते दिउँसोको समयमा काठमाडौंको ताहाचलस्थित सविना खड्काको डेरा कोठाबाट ल्यापटप, मोबाइल फोन र दुई तोला सुन चोरी भएको थियो । अनुसन्धानका क्रममा चोरीमा जोन र सञ्जय संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई धुमबाराहीबाट पक्राउ गरिएको थियो । साथै उनीहरूविरुद्ध यसअघि नै पाँचपटक चोरीसम्बन्धी सहितका कसुरमा मुद्दा दर्ता भएको देखिएको प्रहरीले बताएको छ ।
उनीहरूको साथबाट एक थान ल्यापटक, तीन थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।