नवलपरासी, २१ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोईरालाले अब देशलाई सम्बृद्धिको वाटो तर्फृ अघि बढाउनुपर्ने बताउनुभएको छ । राजनितिक सहमती र सहकार्यका आधारमा अब देशलाई सम्बृद्धिको बाटोमा लैजानुपर्ने बिचार राख्नुभयो । नेपाली काँग्रेस क्षेत्र नं. ६ नवलपरासीद्धारा आज सुर्यपुरामा आयोजीत आम सभालाई सम्बोदन गर्दै नेता कोईरालाले यस्तो बिचार राख्नुभएको हो ।महामन्त्री कोईरालाले देशका बिकासकालागी राजनितिक अस्थिरता आवश्यक रहेको जिकिर गर्दै अब राजनितिक अस्थिरता आउदै गएकोले सबै मिलेर राष्ट्रलाई सम्बृद्धि बनाउनुपर्ने बताउनुभयो । असंख्य सम्भवना रहेको नेपालमा अब चौतर्फी विकास गर्न आवश्यक देखिएकाले आगामी दिनमा सबै पक्ष एक जुट भई सम्बृद्धि नेपाल बनाउनुपर्ने नेता कोईरालाले बताउनुभयो । यसैबिच सिचाई मन्त्री सन्जय गौत्तमले नेपाल र भारत बिच देखिएको सिचाई सम्बन्धी समस्या कुटनैतिक माध्यमद्धारा सफल गरिने बताउनुभएको छ । सोही सभामा सम्बोधन गर्दै सिचाई मन्त्री गौत्तमले बाढीका कारण तराईमा देखिएको समस्या प्रति सरकार गम्भीर भएको जानकारीदिदै सरकार बाढी प्रभावीत समुदायलाई राहतको काम गर्न अग्रसर गरेको दाबी गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री गौत्तमले गण्डकमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको जानकारी दिदै भारत संग कुटनितक माध्यम द्धारा समस्या समाधान गरिने प्रतिबद्धता ब्यक्त गर्नूभयो । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोईराला , सिचाई मन्त्री सन्जय गौत्तम सहितको टोलीले आजै नवलपरासी बिभिन्न क्षेत्रको बाढी प्रभावीत क्षेत्रको अबलोकन समेत गरेको छ । सोही टोली आजै नवलपरासीको सूस्ता पुगेर सुस्ताको पछिल्लो समस्या बारे सुस्ताबासीसंग जानकारी लिएको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]