रौतहट, भदौ २१ ।
नेकपा एमालेको तर्फबाट रौतहटको गौर नगरपालिकाको मेयरमा दुई जना उम्मेदवारले पार्टीको आधिकारिक पत्र पेश गरेपछि विवाद भएको छ । रौतहटको गौर नगरपालिकाको मेयरमा एमालेका तर्फबाट बाबुराम दाहाल र उद्धवप्रसाद रेग्मीले पार्टीको आधिकारिक उम्मेदवारको पत्र पाउनु भएको छ । दुवै जनाले पार्टीको आधिकारिक पत्र देखाएपछि कार्यकर्ता अन्यौलमा परेका छन् । दुवै जनाको पत्रमा नेकपा एमालेको २ नम्बर प्रदेश संगठन कमिटिका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षर छ । रेग्मीको पत्र कम्युटर टाइप गरिएको छ भने दाहालले पत्रमा खाली ठाउँमा हातले लेखिएको छ । एमालेको २ नम्बर प्रदेश संगठन कमिटिका संयोजक मण्डलको गौरमा एमालेको तर्फबाट मेयरको उम्मेदवार उद्धवप्रसाद रेग्मी नै भएको स्पष्ट पार्नुभयो । नगरपालिका वडा सदस्य तथा वडाध्यक्षको उम्मेदवारी दर्ताका लागि आफूले पठाएका खाली फारममा दाहालको नाम राखेर पेश गरिएको हुन सक्ने उहाँले उज्यालो अनलाइनलाई बताउनुभयो । रौतहट नेकपा एमालेका नेता माधवकुमार नेपालको गृह जिल्ला हो र दाहाल नेपाल पक्षका हुनुहुन्छ । रेग्मी भने अध्यक्ष केपी ओली पक्ष हुनुहुन्छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]