२१ भदौ , काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।
अहिले निकै चर्चामा रहेकाे एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध मुद्धा दायर भएको छ । साेमबार काठमाडाैं जिल्ला अदालतमा नेपाल अाइडल बिरूद्द मुद्दा दायर भएको थियो । करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ मा टेकेर आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको थियो ।
काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अन्तरिम आदेश गरेको छ । आदेशसँगै अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन पनि भनेको छ ।
जिल्ला अदालतका न्यायधीश दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै आज यस्तो आदेश दिएका हुन् । नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर कानुन उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौं मुद्दा दायर गरेका थिए ।
अदालतको आदेश
याे उदेश्य कस्काे हाे र वास्तविक उदेश्य के हाे थाहा पाउनु जरूरी छ भन्दै यस्तो लेख्यो नेपाल आईडलले…
- सम्मानित काठमाडौँ जिल्ला अदालतको आजको निर्णयबाट यो शो को बिरोध गर्ने र नेपाली मीडियालाई परिनिर्भरतामा लैजान खोज्नेहरु खुशी भए नै होलान तर नेपाल आईडलका चार होनहार संगितसाधकको भविष्य के हुने ?
- अन्तराष्ट्रिय फ्रेन्चाईज्ड शो को नियमअनुसार नै यसको सम्पूर्ण प्रक्रिया गर्न किन नपाउने ?
- आजसम्म यो देशका अन्य टेलिभिजनहरुले पनि सयौपटक अनेकौ कार्यक्रममार्फत भोट मागेका छन् तर अन्तराष्ट्रिय शो को फरमेट अनुसारकै एपि वानले एसएमएस भोटिंगका लागि गरेको आव्हानमा यतिविध्न बिरोध किन ?
- कुरा नेपाल आईडलको मात्र रहेन, के नेपाली दर्शकका लागि नेपाली भाषामै अन्तराष्ट्रिय शो को फ्रेन्चाईज ल्याउनै नदिईने हो त ?
- के अब सधैँ विदेशीकै च्यानलको कार्यक्रम हेरेर पैसाको पोको बोकेर विदेशीकै लागि नेपालीहरुले भोट गर्ने पर्ने हो त ?
- निवेदक यज्ञमणी न्यौपानेले कति भोट गरेका छन् ?
- कुन आधारमा निवेदक यज्ञमणी न्यौपानेले एपि वान आफुले चाहेको प्रितियोगीलाई बचाउन खोजेको वा नेपाल आईडल बनाउने खोजेको भन्ने जघन्य आरोप लगाए ? भोलि सत्यतथ्य बाहिर आउदा समाजलाई उनले कसरी मुख देखाउने छन् ?
- नेपाली टेलिभिजनकै इतिहासमा करोडौ दर्शकलाई जीवनका अनेकौ रसको मनोरंजन प्रदान गर्दै इच्छुक दर्शककै सहभागितामा नेपाल आईडल छान्न आव्हानमात्र गरिएको हो । के कसैले भन्नसक्छ भोट गर्नका लागि एपि वानले कसैलाई कुनै पनि प्रकारको करकाप गरेको छ भनेर ?
- के नेपाली दर्शकलाई आफ्नै भाषाको एचडि च्यानल र अन्तराष्ट्रिय शो ल्याउनु नै गलत थियो ? यो बन्द गराउन खोज्दा कसैलाई फाईदा पुग्ने हो ?