२२ भदौ , काठमाडौँ – तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिदालिदै गर्दा पक्राउ गरेको छ ।
आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहानै पक्राउ गरेको हो ।
भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा पाँच लाख घुस लिँदै गर्दा आयोगको टोलीले नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले राससलाई जानकारी दिनुभयो ।
रासस