२२ भदौ , एजेन्सी – बक्स अफिसमा बलिउडका अभिनेता अजय देवगनको फिल्म ‘बादशाहो’ को आक्रमक व्यापार अहिले सम्म नि जारी छ । फिल्मको पहिलो दिन देखी लिएर अहिले सम्म राम्रो प्रतिक्रिया आइरहेको छ । फिल्मले ६ दिनमा कुल ६० करोड भा.रु भन्दा बढीको बिजनेस गरेको छ । यो देखेर के थाहा हुन्छ कि दर्शकहरुलाई ‘बादशाहो’ एकदम राम्रो लागिरहेको छ ।
विगत तीन वर्षमा यो अजयको पहिलो फिल्म हो जसले बक्स अफिसमा यस्तो धमाल मचाएको हो । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेर भने कि ‘बादशाहो’ ले ६ दिनको भित्र कुल ६०.५४ करोड भा.रु कमाई गरिसकेको छ । फिल्मले पहिलो दिन १२.६० करोड भा.रु, दोस्रो दिन १५.६० करोड भा.रु, तेस्रो दिन १५.१० करोड भा.रु, चौथो दिन ६.८२ करोड भा.रु, पाँचौं दिन ६.१२ करोड भा.रु र छैटौं दिन ४.३० करोड भा.रु को कमाई गर्यो ।
#Baadshaho Fri 12.60 cr, Sat 15.60 cr, Sun 15.10 cr, Mon 6.82 cr, Tue 6.12 cr, Wed 4.30 cr. Total: ₹ 60.54 cr. India biz.
— taran adarsh (@taran_adarsh) September 7, 2017
मिलन लुथरियाको फिल्म ‘बादशाहो’ मा अजय देवगन, इमरान हाशमी, विद्युत जामवाल, इलियाना डीक्रूज, ईशा गुप्ता र संजय मिश्रा मुख्य भूमिकामा छन् । यो फिल्म 1975 मा इमरजेंसीको समयमा इंदिरा गांधी र महारानी गायत्री देवीको बीच युद्धमा बनेको थियो । स्रोतका अनुसार फिल्म बादशाहोमा ६ ठगको कहानी हो जुन इमरजेंसीको समयमा एउटा भव्य कामको उदहारण दिएको छ ।