भाद्र २२ दाङ, । बबई गाउँपालिका आज बन्द गाउँपालिकाले सार्वजनिक स्थलमा मनपरी नामाकरण गरी एमालेकरण गरेको भन्दै ५दलले आन्दोलन स्वारुप गाउँपालिका वन्द आहवान गरेका छन । । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले गरेको बन्दका कारण विहानैदेखि बबई गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नं. ५ का क्षेत्रीय सचिव झूपलाल बुढाक्षेत्रीले पाँच दलको बन्दको कारण गाउँपालिकाको कार्यालय खुल्न नसकेको,स्थानीय बजार, यातायात र शैक्षिक संस्था ठप्प रहेको वताउनुभयो । बबई गाउपालिकाले आफ्नो नीति तथा कार्यक्रमबाट त्यहाँका गाउँ, टोल, सडक, खेल मैदान जस्ता स्थानहरुको नाम परीबर्तन गरि एमालेका नेताहरूको नामबाट नामाकरण गरेपछि पाँच दल विरोधमा उत्रिएको नेविसंघका क्षेत्रीय सचिव क्षेत्रीले बताउनुभयो । बबईमा एमालेका उम्मेदवार बिजयी भएपछि उक्त गाउँपालिका भित्रका रंगशाला, गाउँ,टोल र सडकहरुको नाम मनोमानी रुपमा मदन भण्डारी, नेत्रलाल अभागीको नाममा नामांकरण गरिएको आन्दोलनरत दलहरुले आरोप लगाएकाछन । ‘कुनै टोलको नाम सूर्य टोल राखिएको छ भने एमालेका स्थानीय कार्यकर्ताका नाममा ज्योति नगर , शिव नगर नामांकरण गरेपछि आन्दोलनमा उत्रनु परेको हो ।’
साविक पुरन्धारा गाविसका काँग्रेस सभापति बलबहादुर बुढाले भन्नुभयो । एमालेवाट निर्वाचित पदाधाकारीले अरु राजनीतिक दल र स्थानीयबासी संग सल्लाह नै नगरि एउटै गाउँपालिकामा पाँच स्थानाका नामहरु मदन भण्डारीवाट राखेपछि विरोध गर्नु परेको वुढाले वताउनुभयो । आन्दोलनरत दलहरुले स्थानीय इतिहास मेटन नहुने र कुनै अमुक दलका नेताका नाममा धमाधम नामांकरण गर्ने निर्णय नसच्याउँदा सम्म आन्दोलन नरोकिने बताएकाछन । रोक्न मागर्दै भदौ दश गते पाँच दल बबई गाउँपालिकामा डेलिगेसन गएका थिए । काँग्रेसको नेतृत्वमा पाँच दलले १६ गते हंसपुर स्थित गाउँपालिकाको कार्यालयमा धर्ना दिएका थिए । बुधवार साँझ पाँचदलले एमालेको नामंकरण विरुद्ध बबई गाउँपालिकामा मसाल जुलुस प्रशदन गरेका थिए । पाँच दलले सार्वजनिक स्थलहरुको नामांकरण पार्टी र नेताको नामवाट गर्न नहुने आफूहरुको मागको कुनै सुनुवाई नभएको भन्दै विरोध स्वरुप विहीवार बबई गाउँपालिका वन्द गरेको बताएका छन्।