२३ भदौ , हापुरे ।बबई गाउँपालिकाको स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत अन्य दल तथा पक्षहरुको मतलाई ख्याल नगरी विभिन्न स्थानको नाम परिवर्तन गरी बजेट बिनियोजन गरेको अवस्थाालाई मध्यनजर गरी भाद्र १३ गतेदेखि सुरु भएको पाँच दलको संयुक्त आन्दोलन भाद्र २२ गतेको बबई गाउँपालिका बन्दसम्म आइपुग्दा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । बबई गाउँपालिकास्तरीय सँयुक्त ंसंघर्ष समितिले आज विज्ञप्ति निकालेर जाकारी गराएको हो ।
साथै सो बन्दको कार्यक्रममा पत्रकारको नाउँमा ने.क.पा.(एमाले) को कार्यकर्ताको हैसियतबाट पसल खोल्न आग्रह गर्दै हापुरे बजारमा मोटर साइकलमा हिडिरहेको अवस्थामा बन्द कर्तासँग सामान्य झडप भएको विषयलाई अतिरञ्जित गराई एउटा राजनीतिक दलको नेतृत्वमाथि लान्छना लगाउने गरी सञ्चारमाध्यमहरुमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको सर्घष समितिले जनाएको छ । आन्दोलनको मर्मलाई बुझेर स्थलगत अध्ययनमार्फत सत्य–तथ्य कुरा पत्ता लगाएर मात्र समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ ।
नीति तथा कार्यक्रम हुँदै बजेट बिनियोजनको कार्यक्रमसम्म आइपुग्दा हामीले उठाएका विषयहरु माथि कुनै सम्बोधन नगरिएको हुँदा नाम परिवर्तिन गरि बजेट बिनियोजन गरिएका स्थानहरुमा ठेक्का, टेण्डर या उपभोक्ता समिति बनि नगर्न आम जनसमुदायहरु पनि आग्रह गरिएको छ । आन्दोलनलाई अरु घनिभूत र शशक्त तरिकाले सञ्चालन गर्ने तथा दोस्रो चरणको विरोध कार्यक्रमहरु सार्व जनिक गरेको छ ।
मिति २०७४ भाद्र २५ गते बबई गाउँपालिकाको पञ्चकुले चोक,२७ गते गोगने चौतारा, हस्तनापुर , २९ एक्ले चौर शिव मन्दिर ३१ बबरपुर चौतारामा विरोध सभा सम्पन्न गर्न तथा आन्दोलनका कार्यक्रमहरुलाई थप विस्तार गर्नका लागि सयुक्त वडा संघर्ष समिति गठन गर्ने निर्णय गरिएको नेपाली काँग्रेस संयोजक बल बहादुर बुढा, ने.क.पा.(माओवादी केन्द्र) संयोजक डिल्ली बहादुर बुढाथोकी, नयाँ शक्ति नेपालका संयोजक आईतराम विक , राप्रपा नेपालका अध्यक्ष ललित घर्तीले सयुक्त विज्ञप्तिि निकालेर जानकारी गराएको छ ।