२३ भदौ , भैरहवा – भारतको गोरखपुर नजिकै रेडिमिक्स मिक्स्चर र कार एक आपसमा ठोक्कीदा सात जना नेपालीको मृत्यु भएको छ। घटनामा एक जना भारतीय नगारिकको पनि मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा सात नेपालीसहित आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
गोखरपुर नौतनवा सडक खण्डको पुरन्दरपुरमा कार र रेडिमिक्स मिक्स्चर एक आपसमा ठोक्कीदा कारमा सवार सात जना नेपालीको मृत्यु भएको भारतीय प्रहरीलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविन बिष्टले जानकारी दिए।
दुर्घटनामा दुई बच्चा, एक महिलासहित आठ जनाको मृत्यु भएको छ । कारका चालक बाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन । ठक्करबाट कार पूर्णरुपमा क्षतविक्षत भएको छ।
प्रहरीले यस घटनाको थप बिबरण सनाखत भए पछि मात्र आउने जानकारी गराएको छ ।