
सिन्धुपाल्चोक।
धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका लागि ३ बर्षे अनुसन्धान कार्यक्रम गर्ने भएको छ ।
यस विषयमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कार्यालयमा धुलिखेल अस्पताल, दातृ निकायका प्रतिनिधिहरु, नगरपालिकाका प्रमुख, जिल्ला समन्वय समिति, १२ वटा निकायका स्वास्थ्य शाखा प्रमुखहरु, जिल्ला स्वास्थ्य शाखा, स्थानीय स्वास्थ्य स्वयंसेविका, रेडक्रस, कलेज, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा, स्थानीय तहका प्रतिनिधि, विश्व स्वास्थ्य सङ्गठन, प्रदेश सरकारकारका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा ३ बर्षे कार्यक्रमका बारेमा विशेष छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो ।
नेपालको कुल जनसंख्याको २५ प्रतिशत नागरिकमा उच्च रक्तचाप सामान्य र जटिल अवस्थामा देखिएको छ । तर, उपचारको पहुँचमा १२ प्रतिशत मात्र बिरामी आएको तथ्याङ्क धुलिखेल अस्पताल रिसर्च एण्ड डेभलप्मेन्ट डिपार्टमेन्टका रिसर्च कोअर्डिनेटर दिनेश तिमल्सिनाले जानकारी गराए । उनले उच्च रक्तचाप भएका मध्ये ४४ प्रतिशतलाई उच्च रक्तचापले के कस्ता समस्या निम्त्याउँछ भन्ने थाहै छैन । उपचारको पहुँचमा आएका ३३ प्रतिशत मध्ये १२ प्रतिशतलाई मात्र औषधिले पूर्ण रुपमा काम गरेको छ भने ।
सोही अवसरमा अमेरिका स्थित दातृ निकाय पि.आई.एलका प्रतिनिधि प्रा.डोना स्पीगलमेन भन्छन् – उच्च रक्तचापको प्रमुख स्रोत नून, सूतिजन्य पदार्थ, मादक पदार्थ, आहार विहार, शारिरीक व्यायामको कमी, खानपान तथा पोषणमा ध्यान नदिनु नै हो । उनी भन्छन्, म अमेरिका स्थिति हार्डवर्ड विश्वविद्यालयमा नसर्ने रोगको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा खोज अनुसन्धानमा लामो समयदेखि सक्रिय छु । सन् २०१५ देखि धुलिखेल अस्पतालका उच्च रक्तचाप नियन्त्रण तथा अनुसन्धान प्रोग्रामका पिन्सिपल डा.अर्चना श्रेष्ठसँग नसर्ने रोगको रोकथामका लागि अमेरिका देखि नेपाल सम्म सहकार्य गर्दै आज सिन्धुपाल्चोक आएको छु । अब ३ वर्ष म तपाईहरुसँगै नेपालमा काम गर्छु । हामीले नेपालमा उच्च रक्तचापका विषयमा किन काम गर्यौ भने अमेरिकामा पनि ५० प्रतिशत मानिसमा उच्च रक्तचाप छ । नेपालमा पनि २५ प्रतिशतमा उच्च रक्तचापका बिरामी भएको अध्ययनले देखाएकाले यसको अनुसन्धान गर्नु जरुरी भयो । उच्च रक्तचाप थाहा नभएर सानैमा ज्यान गएका घटना धेरै छन् । यस बारेमा गाउँ गाउँमा अनुसन्धान गरी जनचेतना जगाउनु जरुरी छ । हामी अनुसन्धानसँगसँगै नियन्त्रण गर्ने संरचना बनाएर अघि बढ्नेछौ ।’
‘यसका साथै महिला स्वास्थ्य स्वयसेवीका नै किन छानेको भने उहाँहरूले मातृ तथा बाल मृत्युदर घटाउन थुप्रै काम गर्नुभएको छ । उहाँहरूले हरेक घर परिवारलाई चिन्नुहुन्छ र घरदैलो कार्यक्रममै व्यस्त रहनुहुन्छ । यहाँ ३ वर्ष अनुसन्धान गर्दै गर्दा यो कार्यक्रम अन्यन्त्र पनि विस्तार गर्दै जानेछौ । यसका लागि विश्व स्वास्थ्य सङ्गठन, बागमती प्रदेशको सिन्धुपाल्चोकका अनुभवी समूहसँग पनि सहकार्य गरेर अघि बढ्छौ।’ प्रा.डोनाले भने ।
काठमाडौँ विश्व विद्यालय धुलिखेल अस्पतालले स्थानीय सरकारसँग समन्वय गरी प्रदेश, संघ, विश्व स्वास्थ्य सङ्गठन, दातृ निकाय सम्मको सहभागितामा सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण कार्यक्रम र त्यसको अनुसन्धान सुरु गरेको छ । यो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिका, स्वास्थ्यचौका साथ महिला स्वास्थ्य स्वयंसेविका प्रत्येक घरमा गई हरेक व्यक्तिको उच्च रक्तचाप कसरी परीक्षण गर्ने भन्ने तालिम दिएर फिल्डमा खटाई उच्च रक्तचाप जाँच गर्ने र खानपानमा सुधार सहित चिकित्सकको परामर्शमा उपचार गर्ने वातावरण बनाउने लक्ष्य लिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले बताए । उनले भने –यसरी हरेक घरमा गएर या समूहमा भेला गरेर उच्च रक्तचाप परीक्षण गर्ने र उच्च रक्तचाप भएका व्यक्तिलाई खानपानको ज्ञान दिनु र चिकित्सककोमा सिफारिस गर्नुले बिरामीले समयमै उपचार पाउँन सक्छन् यो निकै राम्रो योजना हो ।
यो योजनाबाट आएका सिकाई र भोगाइलाई राष्ट्र तथा अन्तराष्ट्रमानै फैलाई आम नागरिकको जनस्वास्थ्य प्रतिको चासो बढाई स्वस्थ जीवन जिउने कलाको शुरुवात गरिने धुलिखेल अस्पताल तथा यो प्रोग्रामका प्रिन्सिपल डा. अर्चना श्रेष्ठको रहेको छ । राज्यले निःशुल्क उपलब्ध गराउने ९८ वटा औषधिमा उच्च रक्तचापको औषधि पनि पर्छ । तर, औषधि निःशुल्क छ भन्ने थाहै नभएर बिरामीले औषधि किनेर जीवनभरि खान सकिन्न भन्दै औषधि खान मान्दैनन् र ब्रेन ह्यामरेज लगायतका थुप्रै स्वास्थ्य समस्याको सिकार बन्दै आएका छन् । सरकारले यस्ता विषयमा जनचेतना जगाउनुका साथै समयै स्वास्थ्य चौकी देखि जिल्ला अस्पताल सम्म औषधि पुर्याउँनुपर्ने दायित्व हो डा.अर्चना भन्छन्।
यी नै समस्यालाई ध्यानमा राखी धुलिखेल अस्पतालले पहिला नै रोगको पहिचान गर्ने र जुन ठाउँमा जस्तो औषधि आवश्यक छ त्यही औषधि समयमा उपलब्ध गराउन सरोकारवाला निकायलाई झकझक्याउने उद्देश्यले यो काम गर्न लागेको डा.अर्चना बताउँछिन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।