काठमाडौँ।
युनिलिभर नेपाल लिमिटेडले सफा हिमाल अभियान २०२४ लाई सहयोग गरेको छ। नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।
युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन-रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको हो। ।
यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्कालसहित ५ शवको अवशेष सङ्कलन गरिएको थियो ।
युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा सहयोग गरेको थियो। नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भइसकेको छ।
कम्पनीले दिगोपन प्रयासमा सहभागी भएर नेपाललाई सेवा गर्ने अवसर पाउँदा खुसी लागेको जनाएको छ।
जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न यस क्षेत्रमा, र यी हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाई सरोकारवाला तथा अन्य समर्थकहरूले प्रशंसा गरेका छन् । वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।