रत्ननगर ।
चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । नगर स्वास्थय केन्द्र टराैलीमा नियमित स्वास्थय परीक्षण गराउँदै आएका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।
स्वास्थ केन्द्रमा नियमित स्वास्थय परीक्षण गराएका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालन गर्नु पर्ने नियमका बारेमा सचेत गराउँदै नाैनी घ्यू ,अण्डा लगायतका सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष बालकृष्ण चापागाईँले जानकारी दिए ।
गर्भवती तथा सुत्केरि महिला हरुको पोषण आहार व्यवहार परिवर्तन गर्ने लक्ष्यका साथ नाैनी घ्यू ,अण्डासहित, साबुन, टाबेल, लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको वडाध्यक्ष चापागाईँले बताए ।
यस्तै बालबालिकाहरुका लागि आवश्यक पौष्टिक आहार र गर्भवती तथा सुत्केरी महिलाहरुका लागि सरसफाइमा ध्यान दिन सचेत समेत गराईएकाे स्वास्थय केन्द्रका प्रमुख सिनियर अहेब गाेविन्द प्रसाद शर्माले जानकारी दिए ।
स्वास्थय केन्द्र मार्फत नियमित स्वास्थय परीक्षण गराएका ६५ जनालाई आवश्यक पौष्टिक आहार बितरण गरिएकाे शर्माले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।