![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a4b0e0a58ce0a4a4e0a4b9e0a49fe0a4aee0a4be-e0a4afe0a581e0a4b5e0a495e0a495e0a58b-e0a4b6e0a4b5-e0a4ade0a587e0a49fe0a4bfe0a4afe0a58b.jpg)
रौतहट ।
रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ ।
गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानीय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो ।
घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् । जिल्ला प्रहरी प्रवक्ता तथा डिएस्पी गिरीले मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छिन् ।
मृतकको पाकेटबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो कुरा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ।
मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छिन् ।
उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन् । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको कारण प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
-सञ्जय मिश्रा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।