
काठमाडौं ।
स्पेन जारी युरो कपको नकआउट चरणमा पुगेको छ। गए राति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।
स्पेनको जितमा खेलको ५५औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए। यो यस प्रतियोगितामा स्पेनको लगातार दोस्रो जित हो। २ खेलमा ६ अङ्क हासिल गरेको स्पेन समूह बी बाट नकआउट चरणमा छनौट भएको छ।
त्यस्तै इटालीको भने २ खेलमा ३ अङ्क रहेको छ। अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।