२६ भदौ , बर्दघाट । यूथको संगतले पार्ने प्रभाव र सामाजीक संजालको प्रयोग विषयक सचेतनामुलक कार्यक्रम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर४ मा रहेको दिव्यन्योती माविमा सम्पन्न भएको छ । पछिल्लो समय स्कुले बालबालिका साथी संगतकै कारण खराब बाटो र कुलतमा लाग्ने समस्या बढ्दै गएको र सामाजीक संजालको प्रयोगले विकृति निम्त्याएको भन्दै यूथले स्कल हरुलाई लक्षित गरी कार्यक्रम संचालन गर्दै आईरहेको छ । यूथले पहिलो चरण अन्तरगत बर्दघाट नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई लक्षित गरी कार्यक्रम संचालन गरीरहेको छ । दिव्यन्योती मा आज भएको कार्यक्रममा कक्षा ७,८,९ र १० का गरी करिव ४ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी यूथको तर्फबाट सचिव अमर रेग्मी, शोभा सापकोटा जनक पाण्डे र सुमन चापागाई लगायतले सहजीकरण गर्नुभएको थियो । सहयोगीले संचालन गरेको यस्तो कार्यक्रम अतिनै प्रभावकारी भएको र अव समुदाय स्तरमा पनि अभिभावकहरुका लागि यस्तै सचेतनामुलक कार्यक्रम गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक हुमनाथ आचार्यले बताउनुभयो । यूथले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापका लागि विद्यालय स्तरिय सहयोगी समुह समेत गठन गरेको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]