![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a49ae0a49fe0a58de0a4afe0a4bee0a499-e0a4b2e0a4bee0a497e0a587e0a4b0-e0a4aee0a4b9e0a4bfe0a4b2e0a4bee0a495e0a58b-e0a4aee0a583e0a4a4.jpg)
नवलपरासी।
खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर पूर्वी नवलपरासीमा एक महिलाको बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा कावासाेती नगरपालिका वडा नम्वर १४ निवासी ४६ वर्षीय दिलकुमारी थारु रहेकी छन् ।
प्रहरीका अनुसार मध्यान्हकाे समयमा स्थानीय बुद्धिराम महताेकाे खेतमा धान राेप्ने क्रममा चट्याङ परेर उनी गम्भीर घाइते भएकी थिईन् ।
घाइते थरूलाई अचेत अवस्थामा स्थानीय मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारार्थ चितवन तर्फ लैजाने क्रममा बाटाेमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।