![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a4b5e0a4bfe0a4aee0a4bee0a4a8e0a4b8e0a58de0a4a5e0a4b2e0a495e0a58b-e0a49be0a4a4-e0a4ade0a4a4e0a58de0a495e0a4bfe0a481e0a4a6e0a4be.jpg)
काठमाडौं ।
भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलको टर्मिनल–१ मा वर्षाका कारण छत भत्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ।
शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण भत्किएको छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो जसमा केही मानिस पुरिएका थिए। घरको छाना बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।
दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।