दयाराम पण्डित
बाजुरा।
बाजुराको बुढिगंगा नगरपालिका वडा नं सात बयाल गाउँबाट खैरो हिरोइनसहित दुुई जना युवक पक्राउ परेका छन् । उनीहरु विहीबार दिउँसो बयलगाउँ स्थित कुखुरा फर्म भित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपािलका वडा न. ७ बायलगाउँ घरभएका २१ वर्षिय बाबुराम खड्का र खप्तडछेडेदह गाउँपालिका वडानं पाँच वस्ने २६ वर्षिय दिपक राउवललाई खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनीहरुबाट खैरो हिरोइन ४१० मिलिग्राम गांजा ६१० मिलिग्राम , लागूऔषध जोख्न प्रयोग हुने एक थान डिजिटल तराजु सहित बरामद गरी थप अनुसन्धान भैरहेको प्रहरी नायब उरिक्षक एबं जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीपकुमार गिरीले बताए ।
खैरो हिरोइन ईण्डयाबाट आउने गर्छ नेपाल भारतको खुला सिमाना नै लागूऔषध कारोवार भित्रिनु प्रमुख कारण हो । तराजु संगे भेटिएपछि दिपक र बाबुराम दुबैजना लागूऔषध कारोबारी भएको प्रहरीको ठहर छ डिएसपी गिरीको भनाई छ । उनका अनुसार बाबुराम धनगढी सम्म जाने र त्यहाँबाटै ल्याएको भन्ने प्रारम्भिक जानकारी छ । हामी अनुसन्धानकै क्रममा छौ, थप कुरा खुल्दै जानेछ उनले भने । दुई महिना अघिको सूचनाको आधारमा उनीहरुलाई समात्न सफभएको डिएसपी गिरीको भनाई छ ।
लागूऔषध दुर्व्यसनीमा युवाहरुनै बढी संलग्न देखिन्छन् भन्ने थप जिज्ञाषामा प्रहरी नायव उपरीक्षक गिरीले भने देखासिकी , पारिवारिक कलह पढाइमा असफलता प्रेम वियोग लगायतका कारण छन् बालबालिकालाई कुलतमा फस्न नदिन घरपरिवार विद्यालय र प्रहरी लगायत समग्र समुदायले सक्रिहुन आवश्यक छ ।
लागूऔषध दुर्व्यसनीमा फस्न नदिन सामाजिक विकास कार्यालय बाजुराले पनि बर्षेनी विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रम गर्दे आएको छ । लागूऔषध दुर्व्यसनीमा फस्न नदिन जनचेतनाका साथै राज्यका आवश्यक जनशक्ती पनि गाउँगाउँमा परिचालन गरिएका हुन्छन् , गलत गर्ने मान्छे जतिवेला पनि कानुनको डायरामा आउँनसक्छ , त्यसैले लागूओषध नियन्त्रणका लागि जिल्लामा अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्छ सामाजिक विकास कार्यालय बाजुराका प्रमुख मीन लामिछानेको भनाई छ ।
गत महिना मात्र बाजुराबाट ब्राउनसुगरसहित एकजना समातिएको थियो उनी अहिले र्पुपक्षका लागि कारागार चलान गरिएका छन् ।
लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अफिम गांजा उत्पादन बाहेक । लागूऔषध (खैरो हिरोइन) निकासी प्रठारी गरेकोपाईएमा २५ ग्राम सम्म पाच् देखि १० वर्ष कैद र पाँच हजार रुपै.या देखि पच्चिस हजार रुपैंया सम्म जरिवाना । २५ देखि एक सय ग्राम सम्म भए १० देखि १५ वर्ष सम्म कैद सजाय र ७५ हजार रुपैंया देखि दुुई लाख रुपैंया सम्म्म जरिवाना हुने ब्यस्था छ अधिवक्ता तुलाराम जैशीले भने । त्यसैगरी एक सय ग्राम देखिमाथि जतिसुकै भएपनि १५ वर्ष देखि माथि जन्मकैद र ५ लाख देखि २५ लाख रुपैंया सम्म जरिवाना हुने कानुनी प्रावधान छ । जानी जानी कुलतमा फस्न नहुने सुझाव अधिवक्ता जैशीको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।