२७ भदौ , महोत्तरी – स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जानकारी गराएको छ ।
प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटिएको थियो ।