![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a4a8e0a587e0a4aae0a4bee0a4b2-e0a4b8e0a581e0a4a8e0a49ae0a4bee0a481e0a4a6e0a580-e0a4b5e0a58de0a4afe0a4b5e0a4b8e0a4bee0a4afe0a580.jpg)
काठमाडौँ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली विजयी भएका छन् ।
शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी केश बहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी मानव.विश्वकर्मा(एम.वि)ले १६६ मतमा चित्त बुझाउन प-र्यो । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला)ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन प¥र्यो । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।
सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेदवार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्वन्द्वी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेदवार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन प-र्यो । त्यस्तै सह कोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।
असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए। २०५३ सालदेखि सुनचाँदी पेसामा संलग्न रसाइली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।
नवनिर्वाचित अध्यक्ष रसाइली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाइलीलाई मिलेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।