![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a4afe0a581e0a4b0e0a58be0a495e0a4aae0a4aee0a4be-e0a486e0a49c-e0a4abe0a58de0a4b0e0a4bee0a4a8e0a58de0a4b8-e0a4b0-e0a4ace0a587e0a4b2.jpg)
काठमाडौं ।
जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ ।
समुह चरणमा फ्रान्स समुह डी मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोलरहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै बेल्जियम समुह चरणमा समुह ई मा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो ।
बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।
फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजति भएको थियो ।
फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । त्यस्तै १९ खेल बराबरी भएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।