![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4b5e0a4bfe0a4b6e0a58de0a4b5e0a495e0a4aa-e0a4b5e0a4bfe0a49ce0a587e0a4a4e0a4be-e0a495e0a58de0a4b0e0a4bfe0a495e0a587e0a49f-e0a49f.png)
काठमाडौं ।
टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ ।
वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।
नियमित उडान रद्ध भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरुलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो । यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुँदै भारत आउने तालिका रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।