![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4a6e0a58be0a4b9e0a58be0a4b0e0a58b-e0a485e0a499e0a58de0a495e0a4b2e0a587-e0a4ace0a4a2e0a58de0a4afe0a58b-e0a4a8e0a587e0a4aae0a58d.jpg)
काठमाडौँ ।
नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १५. ४६ अङ्कले बढेर दुई हजार ११९. ६९ अङ्कमा रोकिएको हो ।
आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ ।
आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०. १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३. ४३ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०. ४८, होटल तथा पर्यटन १. ७५, जलविद्युत् ०. २२, लगानी १. ८९ र जीवन बीमा १. ९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त ०. २१, म्युचुअल फन्ड ०. २४, निर्जीवन बीमा ०. ५८, व्यापार ०. ४८ र व्यापार समूह ०. १५ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४. ७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ९ लाख ४ हजार ६९४ बराबरको कारोबार भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।