इटहरी ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै थापाले वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्दासमेत प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गरेको बताए।
उनले अबको सरकार नदेखिने/नसुनिने तर आफ्नो प्रशंसा आफैँले गर्ने नभई आमनागरिकले सरकार परिवर्तनपछि राम्रो काम भएको महसुस गराउने किसिमको बन्नुपर्ने धारणा राखे।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।