![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4b8e0a4a8e0a58de0a4a6e0a580e0a4aae0a4b2e0a4bee0a488-e0a495e0a58de0a4afe0a4bee0a4a8e0a4b2e0a587-e0a4a6e0a4bfe0a4afe0a58b-e0a48f.png)
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ ।
क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।
क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।
त्यस्तै ग्रेड ‘बी’ मा भने कुशल मल्ल, गुल्सन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।
ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।
ग्रेड ‘डी’ मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सुर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।