
काठमाडौँ ।
काठमाडौँ महानगरपालिका –१४ कलंकी उत्तरी हाइटमा रहेको पन्च मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका –१४ का अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गरेको उक्त साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा सुरेश रायमाझी, बरिष्ठ उपाध्यक्ष ओम थपलिया, उपाध्यक्ष सुरथ पोखरेल, अमरसिंह थापा, गोविन्द सुवेदी, सचिवमा सुन्दर कुमार थापा, कोषाध्यक्षमा केशव सुवेदी, सहकोषाध्यक्षमा सुरज रायमाझी, सदस्यहरुमा गोबिन्द प्रसाद पौडेल, सुरेन्द्र दाहाल, रमेश सुवेदी, राजेश सुवेदी, जगन्नाथ अधिकारी, दुर्गा बुढाथोकी, सारदा कार्की, आदेश्वर बुढाथोकी र शारदा कार्की चयन भएका छन्।
उक्त संस्थाको संरक्षकमा वीरबहादुर थापा, लक्ष्मण रायमाझी, लव दाहाल, आत्माराम खड्का रहेका छन् भने सल्लाहकारमा शिवराज पोखरेल,अच्यूत रिजाल,
रमेश रायमाझी,हिमालय रूपाखेती,लक्ष्मीनारायण श्रेष्ठ रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।