
काभ्रेपलान्चोक।
जिल्लाको रोशि गाउँपालिका-१ स्थित सानो भुक्देउ खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ। आइतबार सांझ खोला तर्नेक्रममा स्थानीय ४५ वर्षीय कमल बि.क लाई खोलाले बगाएको हो।
श्रीमती र छोरीसंगै खोला तर्नेक्रममा उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
आज विहान ८ :३० बजे उनको शव फेला परेको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।