काठमाडौं ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टीङ टोलीले उनीहरूलाई सोमबार राति सेवा ग्राही बाट नगद ४ लाख १२ हजार र ५० लाख ६० हजारको चेक लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।