२९ भदौ , काठमाडौँ – राजधानीको ओम अस्पतालमा नाकको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त आन्दोलनमा उत्रँदा बुधबारदेखि अस्पताल तनावग्रस्त बनेको छ। गत शनिबार अस्पताल भर्ना भएकी बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो।
चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् ।ओम हस्पितल एण्ड रिसर्च सेन्टरकाप्रशासन प्रमुख प्याकुरेलले विज्ञप्ति जारी गर्दै बिरामी भट्टराईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज २ बजे पीडित र अस्पताल प्रशासन पक्षबीच वार्ता आह्वान गरेका छन् । भट्टराईका आफन्त ताराप्रसाद अर्यालका अनुसार नाकको कुर्कुरे हाड सोझ्याउन उनी अस्पताल पुगेकी थिइन् र शल्यक्रियापछि नाकबाट रगत बगिरहने, लगातार बान्ता हुने र पिसाब रोकिने समस्या देखिएको उनले बताए।