भदौ २९ । ई–रीक्सा परीयोजना सम्बन्धि तालिम बिहिबार एक कार्यक्रमका विच समापन गरीएको छ । यु एन वुमन काठमाडौको आयोजना र पौरखी नेपाल नवलपरासीको संयोजनमा तालिम सञ्चालन भएको हो । नवलपरासीको सुनवलमा १५ दिन सम्म सञ्चालन भएको तालिममा वैदेशिक रोजगारीबाट फर्केका १६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको ई–रीक्सा चालक मल बहादुर हमालले सहजिकरण गर्नु भएको थियो । महिलाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरीएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम पौराखी नेपाल नवलपरासीका अध्यक्ष नारायण गणतौलाको अध्यक्षता, माहिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रमुख उर्बरा लुइटेलको प्रमुख अतित्थ्यता र पौराखी नेपाल नवलपरासीका कार्यक्रम संयोजक सम्झना चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।