३० भदौ , काठमाडौं – मलेसियामा जारी एसीसि यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत समूह चरणको अंतिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिंग गरेको सिंगापुरले २८.३ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सन्दीप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दीप जोरा सात रनमा अविजित रहे । बलिङतर्फ सिंगापुरमा अभि दीक्षितले दुई र अंश भार्गभले एक विकेट लिए । सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले दुई तथा सन्दीप लामिछाने र कप्तान दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।