२९ भदौ, नवलपरासी ।
उद्योग बणिज्य संघ नवलपरासीले आज पाल्हीनन्दन गाउपालिका वार्ड न १ रमपुरवामा बाढी पिडितलाइ राहत बितरण गरेको छ ।रमपुरवाका बाढी पिडितलाइ चमाल ७ किलो, दाल डेढ किलो ,नुन १ प्याकेट ,चाउचाउ ८ प्याकेट , पिउस १ पिस , चिनी ३०० ग्राम जिवनजल १ पुरिया चिउरा डेढ किलोको दरले ४००घरधुरीलाइ राहत बितरण गरिएको सहकर्मी जितेन्द्र गुप्ताले जानकारी दिनुभएको छ ।उद्योग बणिज्य संघ नवलपरासीका कार्यबहाक अध्यक्ष ओमप्रकाश अग्रहरि उपाध्यक्ष नगेन्द्र अग्रहरि , पुर्ब अध्यक्ष बैजनाथ जैसावल ,सदस्य भुवन ज्ञवाली, पाल्हिनन्दन गाउपालिकाका उपाध्यक्ष पबित्रा कोहर वडा अध्यक्ष लल्लन यादब पुर्ब प्रधान चुल्हाइ यादव लगायात प्रतिनिधिहरुको संलग्नतामा राहत समाग्री बितरण गरिएको छ ।