
काठमाडौं ।
त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, जहाजका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको एसएसपी मैनालीले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।