
दोलखा।
दोलाखको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ६ पाटागाँउमा एक महिला आफ्नै घरको कोठामा मृत भेटिएकी छन् । स्थानीय ७५ बर्षिय पदम कुमारी सुनुवार आफ्नै कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताए ।
घट्न शङ्कास्पद देखिएकोले अनुसन्धानको लागि तालिम प्राप्त कुकुर मगाईएको र घट्न स्थल सिल गरिएको प्रहरी निरीक्षक लामाले बताए । मृतक सुनुवार घोप्टो परेर सुतेको र पछाडि कपाल काटिएको प्रहरीले जनाएको छ । मृतकसँगै हतियार समेत रहेकोले घट्न शङ्कास्पद रहेको प्रहरी निरीक्षक लामाले बताए । मृतकको आफन्तले उनको हत्या भएको आशङ्का गरेका छन् ।
श्रीमानको निधन भै सकेकोले मृतक घरमा एक्लै बस्दै आएको आफन्तले बताएका छन् । मृतक पदम कुमारी सुनुवार बस्ने घर भन्दा तल अर्को घरमा बुहारी र नाति बस्दै आएका थिए । उनीहरुले बिहान करिब ९ बजेतिर घट्नाबारे जानकारी पाएका थिए । मृतकको दुई छोरामा एकजनाको निधन भै सकेको र अर्को छोरा काठमाडौँमा रहेकोले तल्लो घरमा पनि बुहारी र नातीमात्रै बस्ने प्रहरीले जनाएको छ ।
अहिले प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा प्रहरी टोली घट्न स्थलमै रहेको छ । तालिम प्राप्त कुकुर आएपछि थप अनुसन्धान अघि बढ्ने प्रहरी निरीक्षक लामाले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।