३० भदौ , एजेन्सी – उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडिएको थियो ।
जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाइ र झन्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले यस बर्षको शुरुदेखि हालसम्म यो समेत मध्यम तथा छोटो दूरीका आणविक क्षेप्यास्त्र दश पटक परीक्षण प्रक्षेपण गरेको पनि जनाइएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप तथा कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले जापान र अमेरिकालाई ध्वस्थ बनाउने चेतावनी दिएको छ ।
बारम्बार बिभिन्न आणविक क्षेप्याश्त्र परीक्षण प्रहार गरी अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सैन्यबल, जापान तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लगातार गम्भीर चुनौति दिईरहेको हुँदा यिनीहरुको आक्रोश र कडा कारबाही एक्लिई सकेको उत्तर कोरियाले कुन दिन सामना गर्नु पर्ने हो सो अज्ञात रहेता पनि अवश्यम्भावी छ भन्ने पहिला विज्ञप्तिमा उल्लेख गरेको पनि थियो ।