काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख ३३ हजार बराबरको अवैध प्याज र मोबाइलको डिस्प्ले नियन्त्रणमा लिएको छ। विभिन्न इकाई कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले गाडीहरू रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेकाले १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको समानसहित गाडीहरु नियन्त्रणमा लिइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरगंजबाट नारायणघढ तर्फ जाँदै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुवाहक बसबाट ७,३३,५००/- रूपैया बराबरको बिभिन्न किसिमका मोबाइलको डिस्प्ले ४८९ थान नियन्त्रणमा लिएको छ।
त्यस्तै प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा रौतहट बाट कास्की तर्फ जाँदै गरेको प्र.२-०३-००१ ख ०९५६ नम्बरको ट्रकबाट ५,००,०००/- रूपैया बराबरको (एक ट्रक) प्याज नियन्त्रणमा लिएको छ।
आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।