
बुटवल।
बुटवलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।
यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन्। साथै मोटरसाइकका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।