
काठमाडौं ।
ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ। मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ।
अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।