
रौतहट।
पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निजगढ सडक खण्डमा टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ ।
निजगढ बाट चन्द्रनिगाहपुर आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र चन्द्रनिगाहपुर बाट निजगढ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–४ लच्कामा जुध्दा मोटरसाईकलमा सबार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ निवासी ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निवासी विवश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार राईले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।